२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

वरिष्ठ चलचित्रकर्मी तथा सञ्चारकर्मी दिनेश डीसीले राजेशपायल राईलाई दिए बधाई

काठमाडौं । वरिष्ठ चलचित्रकर्मी तथा सञ्चारकर्मी दिनेश डीसीले एकै पटक ३ गीत युट्युव ‘ट्रेन्डिङ’मा परेको भन्दै गायक राजेश पायल राईलाई बधाई दिएका छन् ।

सोमबार बिहान एक फेशबुकमा स्टाटस लेख्दै डीसीले बाल प्रतिभाहरुलाई समेट्दै निकालेका गीतले छोटो अवधिमा ‘ट्रेन्डिङमा ह्याट्रिक’ गरेको भन्दै बधाइ दिएका हुन् ।

राईले गायनमा मात्र नभइ नयाँ पुस्तालाई प्रोत्साहन गर्ने, समकालीनका गीतहरु समेत खुलेर आफ्नो अत्यधिक फलोअर्स भएको सामाजिक संजालमा पोष्ट गर्न कन्जुस्याईं नगर्ने र दुःखी असहाय लाई सहयोगमा मुठ्टी खोल्ने स्वभावको भन्दै डीसीले प्रशंसासमेत गरेका छन् ।

गायक राईको पछिल्लो गीतहरु एकैसाथ युट्युव ट्रेन्डिङमा छन् । उनले बाल प्रतिभाहरु मिन्छामा राई, पेमा देप्चेन तामाङ र रुक्शाना लिम्बूसँग गाएको गीत हाल युट्युव ट्रेन्डिङमा रहेको छ ।

राजेशपायल सँग गाउने तीनै बाल प्रतिभाहरु रियालिटी शोमा उत्कृष्ट गीत प्रस्तुत गरे बावजुद प्रतियोगीतबाटा बाहिरिएका र फिनालेमा पुगेर भोटमार्फत हारेका प्रतियोगीहरु हुन् ।

गायक राई अघिल्लो हप्ता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेर चर्चामा पनि आएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com