२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

८ राजनीतिक दलद्वारा राष्ट्रघाती एमसीसी को विरुद्ध कार्यक्रको घोषणा

काठमाडौँ । नेकपासहित ६ राजनीतिक दल र दुई मोर्चाले राष्ट्रघाती एमसीसीविरुद्ध फागुन १६ गतेसम्मको सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन् । कार्यक्रममा फागुन ११ गते उपत्यकामा सांस्कृतिक क्षेत्रलगायतको विरोध प्रदर्शन, फागुन ११ गते साँझ देशव्यापी मशाल जुलुस, १२ गते देशव्यापी जिल्ला प्रशासन कार्यालय घेराउ, काठमाडौँ उपत्यकामा माइतीघर मण्डलाबाट प्रदर्शनसहित संसद् भवन घेराउ, १३ गते देशव्यापी कोणसभा, १४ गते देशव्यापी जिल्ला प्रशासन कार्यालय घेराउ, काठमाडौँ उपत्यकामा माइतीघरमण्डलबाट प्रदर्शनसहित संसद् भवन घेराउ, १५ गते काठमाडौँमा विशाल विरोध प्रदर्शन एवम् बृहत् संयुक्त विरोधसभा, देशव्यापी विरोध प्रदर्शन, विरोधसभा र १६ गते विशेष सङ्घर्षसहित सङ्घीय सांसदहरूलाई एमसीसीविरुद्ध खडा हुन पत्राचार गर्ने रहेका छन् ।

जारी संयुक्त प्रेस विज्ञप्तिको पूर्ण पाठः

१. एमसीसी कम्प्याक्टविरुद्ध आमराष्ट्रवादी नेपाली जनता देशव्यापी रूपमा आन्दोलित हुँदाहुँदै शेरबहादुर देउवा सरकारले फागुन ८ गते संसद्‌मा जबरर्जस्ती टेबल गर्नु घोर राष्ट्रघाती आत्मसमर्पणवादीुर अमेरिकी साम्राज्यवादको नाङ्गो दलाली भएको निष्कर्ष निकाल्दै उक्त कदमको घोर निन्दा एवम् भत्र्सना गर्दछौँ ।

२. हाम्रो आयोजना र एमसीसी कम्प्याक्ट संसद्‌मा प्रस्तावित गर्ने देउवा सरकारको मूर्खताविरुद्ध सङ्घर्षरत जनसमुदायको सहभागितामा फागुन ८ गतेको विरोध प्रदर्शन र संसद् भवन घेराउ कार्यक्रममाथि रबरको गोली, अश्रुग्याँस, पानीको फोहोरा प्रहार र लाठी चार्ज गरी देउवा सरकारले गरेको दमन निरङ्कुश र फासिवादी भएको ठहर गर्दै त्यसको कडा रूपमा विरोध गर्दछौँ ।

३. फागुन ८ गतेको विरोध प्रदर्शन र घेराउ कार्यक्रममाथि नाङ्गो हस्तक्षेप गर्दा नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य क। वसन्त बोगटी, प्रदेश सदस्य क। सुनिता बुढाथोकी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको जिल्ला सदस्य कमरेड भूपाल सेन्चुरीलगायत मुकेश चन्द, विप्लव खड्का, सन्तोष प्रधान, सरराज उप्रेती, मनकुमार बुढाथोकी, भीम खड्का, भूपाल विक, श्रीकृष्ण पाण्डे, चन्द्रकुमार खड्का, लालबहादुर तामाङ, अर्जुन कटुवाल, सुदीप बिस्ट, किरण देउवा, रञ्जित खड्का, वीरेन्द्र थापासहितका योद्धाहरुलाई गिरफ्तार गरी हालसम्म हिरासतमा राखेको छ । बन्दी नेता, कार्यकर्ता र जनताको तुरुन्त ससम्मान रिहा गर्न सरकारसँग जोडदार माग गर्दछौँ ।

४. एमसीसी कम्प्याक्टलाई संसद्‌बाट पारित गराउने देउवा सरकार र गठबन्धनका विरुद्ध निम्नानुसार आगामी जनसङ्घर्षको कार्यक्रम घोषणा गरेका छौँ । घोषित जनसङ्घर्षको कार्यक्रममा सक्रिय सहभागी भई भव्य रूपमा सफल पार्न र एमसीसी कम्प्याक्टलाई खारेज गर्न देशभक्त नेपाली जनतामा हार्दिक अनुरोध गर्दछौँ ।

प्रेस विज्ञप्ति :

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com