२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

एमसीसीविरुद्ध प्रदर्शनमा प्रहरीको गोली लागी घाइते भएका हेमराज अवस्थी को पहिचान खुल्यो

काठमाडौं । एमसीसीविरुद्ध बिहीबार बानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा घाइते भएका डडेलधुराका २७ वर्षीय हेमराज अवस्थी माओवादी केन्द्रको कार्यकर्ता भएको खुलेको छ ।

काठमाडौंमा टीकाथलीमा बस्दै आएका उनी डडेलधुरा नवदुर्गा ५ का स्थायी वासिन्दा हुन् ।

उनका बुवा माओवादीका वडासचिव रहेको पनि खुलेको छ ।

उनी काठमाडौंमा कोरियन भाषा पनि पढाउँथे ।

टाउको गम्भीर चोट बोकेका उनको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको माओवादी सुदूरपश्चिमका इन्चार्ज खगराज भट्टले बताए ।
म पनि अस्पतालमै छु । उहाँको अपरेसन गर्ने तयारी भइरहेको छ, उनले भने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com