२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

शतप्रतिशत जनताको पहुँचमा खोप पुग्नुपर्छ : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

जनसेवा न्युज संवाददाता

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शतप्रतिशत जनतालाई कोभिड–१९ विरुद्धको खोप लगाउन प्रेरित गर्न आग्रह गरेका छन् । खोप लगाउन प्रेरित गर्ने जिम्मेवारी स्वास्थ्य कर्मीसँगै जनप्रतिनिधि र राजनीतिकर्मीको भएको उनले बताए ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुक्रबार आयोजित कोभिड–१९ बिरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता विषयक एक दिने अन्तरक्रिया कार्यक्रममा उनले अहिले देशभर खोप अभियान चलिरहेकाले यसबारे समुदायलाई सचेत गराउन र सबैको पहुँचमा पुर्याउन लाग्नुपर्ने बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना, संघीय संसदको संयोजन र विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले आम नागरिकको आवश्यकता र समस्या बुझ्ने र नजिकबाट चिन्ने जनप्रतिनिधि भएकाले कोभिड बिरुद्धको खोप अहिलेको आवश्यकता भएकाले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न आग्रह गरे ।

सरकारको तथ्याङ्क हेर्दा कोभिड विरुद्धको खोप उपलब्ध हुँदाहुँदै पनि लगाउन नमान्ने धेरै रहेकाले खोप लगाउन जान जनतालाई प्रेरित गर्न उनले राजनीतिक दलका नेता कार्यकर्ताहरुलाई समेत आग्रह गरे । ‘अहिले कोभिडविरुद्धको खोप अभियान देशभर चलिरहेको छ ।

कतिपय ठाउँमा खोप लगाउन लक्षित समूह नपुगेको भन्ने छ’ उनले भने, ‘कर्णाली प्रदेश र मधेस प्रदेशमा खोप लगाएकाको तथ्याङ्क राष्ट्रिय तथ्याङ्कभन्दा कम देखिन्छ । यसमा सरकारसँगै प्रदेश सभा सदस्य तथा स्थानीय जनप्रतिनिधिले खोप लगाउन आफ्ना जनतालाई प्रोत्साहित गर्नुपर्छ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com