२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

एमसीसी संसदबाट पास गर्न साथ नदिने हो भने सरकारबाट हट्न प्रचण्डलाइ डा. भट्टराई को आग्रह

काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास गर्न साथ नदिने हो भने सरकारबाट हट्न आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सत्तामा बसेर बाहिर राष्ट्रवादी कुरा गर्ने तर, एमसीसी पास गर्न गठबन्धनलाई साथ नदिने हो भने तत्काल सरकारबाट हट्न डा. भट्टराईले आग्रह गरे ।

डा। भट्टराईले, ‘खासगरी मेरा पुराना मित्र प्रचण्डजीलाई भन्न चाहन्छु– कि तपाईंले एमसीसी पास गर्न साथ दिनुहोस् र १३८ पुर्याएर पारित गर्नोस् । होइने भने तपाई सत्तामा पनि बस्ने, तर पनि मार्ने अनि बाहिर चाँही राष्ट्रवाद भित्र चाँही राष्ट्रघात गर्न पाइँदैन । पहिलो विकल्प, तपाईले साथ दिनुहोस् । होइन भने तपाई जानोस्, त्यसको ठाउँमा अर्को आउँछ । हामी बहुमत पुर्‍याएर पारित गर्छौं । हाम्रो स्पष्ट धारणा यो छ । लटरपटर कुरा हुँदैन ।’

मुलुकको समृद्धि र विकासका लागि पनि एमसीसी पास गर्नुपर्ने अध्यक्ष भट्टराईको अडान छ । उनका अनुसार यदि संसदबाट एमसीसी पारित नभए नेपाल चीन, भारत र अमेरिकाको भूराजनीतिक चपेटामा पर्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com