२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

नयाँ मन्त्रीहरुको शपथ आजै

 

काठमाडौं । नेकपा एकीकृत समाजवादीका तर्फबाट बन्ने नयाँ मन्त्रीहरुले आजै शपथ लिने भएका छन् । राष्ट्रपनि निवास निवास शीतल निवासमा हुने शपथ कार्यक्रमको समय भने सार्वजनिक भएको छैन । यद्यपि शपथ भने आजै हुने बताइएको छ ।

आइतबार बसेको नेकपा (एस) को सचिवालय बैठकले पुराना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम सिफारिस गरेको थियो ।

नयाँ मन्त्रीहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा यसअघिका राज्यमन्त्री भवानी खापुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ र शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा गैर सांसद् शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हीरा केसी सिफारिस भएका छन् ।

नेकपा एकीकृ समाजवादीले स्वास्थ्यमन्त्री रहेका विरोध खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको हो ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com