२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

आज संसद् बैठक बस्दै, एमसीसीमाथि छलफल

काठमाडौं । बारम्बार स्थगित हुँदै आएको प्रतिनिधि सभा बैठक आज (आइतबार) बस्दैछ । आज दिउँसो एक बजे बस्ने बैठकमा अमेििरकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी छलफल हुने छ ।

आजको प्रतिनिधि सभाका लागि दुईवटा सम्भावित कार्यसूची रहेका छन् । जसमा प्रधानमन्त्री शेरबहादुर देउावले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सहायता सम्झौतामाथि छलफल हुने उल्लेख छ । उक्त प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नेछन् ।

यसअघि प्रधानमन्त्री देउवाको आग्रहमा बिहीबारका लागि तोकिएको बैठक शुक्रबार दिउँसो एक बजेका लागि सारिएको थियो । शुक्रबारको बैठकअघि एमसीसीको विषयमा सहमति नभएपछि बैठक आइतबारका लागि सारिएको हो ।

गत आइतबारको बैठकमा सरकारले एमसीसी सम्झौता टेबल गरेको थियो । एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेसम्म उक्त प्रस्ताव संसद्बाट अनुमोदन गरिसक्नुपर्छ ।

ठूला राजनीतिक दलमध्ये कांग्रेस स्पष्ट रुपमा खुलेर एमसिसीका पक्षमा देखिएको छ । एमसीसी संसदबाट अनुमोदन गराउन कांग्रेसले दौडधुप गरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवादेखि नेता रामचन्द्र पौडेलसम्म भेटघाटमा सक्रिय भएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com