२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

एमसीसीमा ११ बुँदे परिमार्जनको तयारी, माओवादी नेताहरू आन्तरिक छलफलमा

जनसेवा न्युज संवाददाता

मिलेनियम च्यालेन्ज कर्पोसन (एमसीसी) बारे छलफल गर्न नेकपा ९माओवादी० केन्द्रको केन्द्रीय कार्यालयको अनौपचारिक बैठक बसिरहेको छ । परिमार्जनसहित एमसीसी पारित गर्न माओवादी नेताहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा जुटेका हुन् ।

स्रोतका अनुसार ११ बुँदे परिमार्जनसहित एमसीसी पारित गर्नका लागि गठबन्धन सहमति नजिक पुगेका छन् । परिमार्जनको ड्राफ्ट समेत तयार भइसकेको छ । त्यही ड्राफ्टका विषयमा छलफल गर्न माओवादी नेताहरू यति बेला छलफल गरिरहेका छन् ।

एमसीसी पारित गर्ने विषयमा माओवादीमा पनि दुई धार रहेको छ । एक पक्ष अहिलेकै अवस्थामा कुनै पनि हालतमा एमसीसी सम्झौतालाई पारित गर्न नसकिने अडानमा रहेको छ । अर्को पक्ष भने गठबन्धन जोगाउनका लागि एमसीसीको विषयमा लचक देखिएको छ ।

माओवादी बैठक लगत्तै गठबन्धनको बैठक बसेर परिमार्जनको मस्यौदालाई अन्तिम रूप दिने नेताहरूको तयारी छ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा एमसीसीमाथिको छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको छ । प्रतिनिधि सभाको बैठकअघि नै गठबन्धनमा सहमति जुटाउने नेताहरूको तयारी रहेको बुझिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com