२०८१ जेष्ठ ८ - Tue May, 2024 -

Janasewa News

देउवालाई अमेरिकी विदेशमन्त्रीको फोन, युक्रेनलाई समर्थन गरेकोबारे चासो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन संवाद भएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गरेको फोन प्रधानमन्त्री देउवाले सिसिभ गरेको विदेश मन्त्रीको सचिवालयले ट्वीट गर्दै जानकारी दिएको छ ।

फोन वार्तामा रुस युक्रेनको युद्धमा नेपालले युक्रेनलाई गरेको समर्थन र एमसीसीका बिषयमा छलफल भएको विदेशमन्त्रीको सचिवालयले जनाएको छ । केही दिनअघि नेपालले युक्रेनलाई समर्थन गरेको थियो ।

बिशेषगरी अमेरिकाले एमसीसीबारेमा आर्थिक विकास र क्षेत्रीय चुनौतिहरू सँगै मिलेर काम गर्न जारी राख्नेछौं जनाएको ट्वीटमा जनाइएको छ । राति भएको कुराकानीका कारण नेपालले भने विदेशमन्त्री सँगको कुराकानी सावैजनिक गरेको छैन ।

अमेरिकी बिदेशमन्त्रीको सचिवालयको ट्वीट यस्तो छ

आज नेपालका प्रधानमन्त्रीसँग राम्रो भेट भयो । रूसको अप्रत्याशित आक्रमण र युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको लागि हाम्रो समर्थनको बारेमा छलफल भयो। हामी आर्थिक विकास र क्षेत्रीय चुनौतिहरूमा सँगै मिलेर काम गर्न जारी राख्नेछौं।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com