२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

मोडलिङ क्षेत्रमा जम्दै अजय कुमार सुरुवातमै यती राम्रो प्रस्तुती हेर्नुहोस् (भिडियो)

काठमाडौँ । नेपाली संगीत क्षेत्र सम्वृद्धिका निमित्त बिगत लामो समय देखि सक्रिय रहँदै आएकी मोडल, तथा गीतकार सबिता कार्की र अजय कुमारको पछिल्लो प्रस्तुति “ए खोली” बोलको गीत भर्खरै सार्वजनिक भएको छ । प्रस्तुत गीतमा लोकप्रिय गायिका शान्ती श्री परियार, र गायक पुस्कल शर्माको सुमधुर स्वर सुन्न सकिन्छ ।

माथि उल्लेखित गीतको म्युजिक भिडियोमा सबिता कार्की, अजय कुमार,बिष्णु बिसी,को मुख्य अभियनय देख्न सकिन्छ । गीतमा शब्द सागर रेग्मी को संगीत रहेको छ भने लय गणेश अधिकारीको रहेको छ । कार्कीको यस प्रस्तुतिलाई पछिल्लो समयमा अशंख्य श्रोता तथा दर्शकहरुले रुचाएका छन् ।

सर्जक तथा मोडल सविताले यस अगी पनि थुप्रै गीतहरु बजारमा ल्याएर आफ्नो कलाकारिता यात्रालाई उचाई तर्फ लम्काईसकेकी छिन् । स्वर मिश्रण रहेको “ए खोली” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन बिष्णु बिसी ले गरेका छन् । सुरेश श्रेष्ठ द्वारा छायांकन भएको यस गीतको भिडियोलाई सम्पादन भने दिपक बिष्टको रहेको छ ।

हेनुहोस् भिडियो :

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com