मेडिकल कलेजका विद्यार्थीहरुको आन्दोलन प्रति अखिल क्रान्तिकारीद्दरा एक्यवद्धता

काठमाडौँ । आज फागुन १९ गते नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल ,उपाध्यक्ष शीलु न्यौपाने, विप्लव नेकपा निकट अखिल (क्रान्तिकारी) अध्यक्ष, समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष लगायत विधार्थी नेताहरुले मेडिकल शिक्षामा देखिएको चरम लापरबाही बाट पिडित मेडिकल विधार्थी द्धारा आयोजित रिले अन्सन र भोक हड्ताल धर्ना कार्यक्रमलाई एक्यवद्धता जनाएका छन्।

नेवल मेडिकल कलेज र काठमाडौ मेडिकल कलेजका विधार्थीहरुले तोकिएको भन्दा बढी शुल्क तिर्न विधार्थीहरुलाई बाध्यात्मक स्थिति तयार गरिएको र होस्टेलमा अनिवार्य बस्नु पर्ने अन्य अनावश्यक शिर्षक देखाई कलेजले विधार्थी र अविभावकहरुलाई बाध्यता स्थिति तयार गरेको हुदा मेडिकल विधार्थीहरु आन्दोलनरत रहेका छन्।

मेडिकल शिक्षाकालाई चाईना गएर कोभिडको समयमा नेपाल फर्काएका विधार्थीहरु पनि मन्त्रीपरिषदको निर्णय अविलम्ब कार्यान्वयन गर भन्ने माग लिएर २०१५/२०१६ व्याचका विधार्थीको ईन्टनसिप व्यवस्थापन छिटो गर्नु पर्ने माग सहित मेडिकल विधार्थीहरु सडकमा भोग हडताल तथा धर्नामा उत्रिएर काठमाडौंमा संधर्षरत रहेका छन्।
अब छिटै सम्वन्धित समस्याको हल गर्न अखिल (क्रान्तिकारी) र आज एक्यवद्धता दिन आउनु भएका अन्य संगठनले छिटै यो समस्याको हल गर्ने र निकास निकाल्ने प्रतिबद्धता विधार्थी संगठनहरुले संघर्षरत मेडिकल कलेजका विधार्थीहरुलाई दिएको जानकारी अखिल (क्रान्तिकारी) की नेतृ केन्द्रीय उपाध्यक्ष शीलु न्यौपानेले बताउनु भयो।



