२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

ध्वनि प्रदूषणले बढायो कान नसुन्ने समस्या

नेपालमा पछिल्लो समय ध्वनि प्रदूषणका कारण मानिसको श्रवण क्षमता गुम्दै गएको चिकित्सकले औंल्याएका छन्। विश्व श्रवण दिवसको अवसरमा चिकित्सकहरूले यो समस्या नेपालमा दिनप्रतिदिन बढ्दै गएको बताउँदै यसतर्फ सचेत हुनुपर्नेमा जोड दिएका छन्।

पहिला जन्मजात र संक्रमणका कारण कान नसुन्ने समस्या रहेकोमा पछिल्लो समय ध्वनि प्रदूषणले यो समस्या बढिरहेको कान रोग विशेषज्ञले बताएका छन्। ठूलो आवाजमा आधुनिक म्युजिक डिभाइस प्रयोग गर्ने र अन्य खालका ध्वनि प्रदूषणले कानको श्रवण क्षमता गुम्दै जाने स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखा नाक, कान, घाँटी तथा मुख स्वास्थ्य शाखाका प्रमुख डा। प्रकाश बुढाथोकीले बताए। उनका अनुसार हिजोआज लामो समयसम्म हेयरफोन लगाएर रेडियो तथा कम्प्युटरमा गीतसंगीत सुन्ने, मोबाइलमा बोल्ने, बिहे, व्रतबन्धमा लामो समय चर्को आवाजबीच काम गर्ने, हवाईजहाज, मोटरको ध्वनिजस्ता प्रदूषणले कान नसुन्ने समस्या बढिरहेको छ।

चिकित्सकका अनुसार ध्वनि प्रदूषणको जोखिममा कारखानामा काम गर्ने मजदुर, सडक तथा एयरपोर्टनजिक घर भएका व्यक्तिहरू, लामो समय समूहमा बसेर पूजा प्रार्थना गर्ने समुदाय, लामो समय अस्पतालमा भर्ना भई बसेका बिरामी हुन्छन्।

यसको साथै जन्मजात कानको समस्या भएका, कानको संक्रमण भई समयमै उपचार नभएका व्यक्तिहरू पनि कान नसुन्ने समस्याको जोखिममा हुन्छन्।

कुनै पनि कारणले कान नसुन्ने समस्या आउन थालेको भए पनि समयमै उपचार गरेमा र नियमित कानको जाँच गरेमा कान नसुन्ने समस्याबाट बच्न सकिने चिकित्सकको सुझाव छ। चिकित्सकका अनुसार शिशु गर्भमा रहँदा आमाले अनावश्यक औषधि प्रयोग गरेमा तथा अन्य कारणले शिशुमा जन्मजात कानको समस्या हुन्छ।

उनीहरूको एक महिनाभित्र परीक्षण गरेमा कारण पत्ता लगाई उपचार गर्न सकिने चिकित्सक बताउँछन्। यसका साथै मानिसको औसत आयुको कारण पनि कान नसुन्नेको संख्या बढिरहेको डा। बुढाथोकी बताउँछन्। यो समाचार नागरिक दैनिकमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com