२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

आजको संसद बैठकमा अख्तियारको प्रतिवेदन पेस हुने

काठमाडौँ । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औँ वार्षिक प्रतिवेदन पेस गरिने सम्भावित कार्यसूची रहेको छ ।

संसद सचिवायले तयर गरेको कार्यसूची अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त प्रतिवेदन संसदमा पेश गर्नेछन् ।

संसद बैठकअघि बिहान साढे ११ बजे सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था समितिको बैठक बोलाएका छन् । कार्यव्यवस्था बैठकमार्फत संसदको सम्भावित कार्यसूची संशोधन समेत हुन सक्छ ।

तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध कायमै राख्ने संकेत देखिएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्दा भने अवरोध नगरेको एमालेले अन्य संसद बैठक भने निरन्तर अवरोध गर्दै आएको छ । सभामुखको राजीनामा या त आफ्नो पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने उसको अडान छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com