२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

रुस -युक्रेन युद्ध : अविलम्ब शान्तिवार्ता थाल्न चिनियाँ राष्ट्रपतिको अपील

एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङले युक्रेनको अवस्था चिन्ताजनक भएको भन्दै शान्तिवार्ता गर्न आह्वान गरेका छन् ।

फ्रान्सका राष्ट्रपति र जर्मन चान्सलरसँगको एउटा भर्चुअल बैठकमा उनले दुई देशबीच अविलम्ब शान्तिवार्ता आवश्यक रहेकोमा जोड दिएका हुन् । बैठकका क्रममा चिनियाँ राष्ट्रपति सीले युक्रेनको परिस्थिति नियन्त्रणबाहिर जान नदिन प्राथमिकता दिइनुपर्ने बताएका थिए । युक्रेनमाथि रुसले गरेको आक्रमणबारे चीनले अहिलेसम्म समर्थन वा विरोध कुनै प्रतिक्रिया जनाएको छैन ।

रुसले जारी राखेको अतिक्रमणको निन्दा गर्न संयुक्त राष्ट्र संघमा भएको मतदानका क्रममा चीनले भने सहभागिता जनाएको थिएन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com