२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

अस्ट्रेलियाकी २२ वर्षीय गायिका लिल बो वीपको निधन

अष्ट्रेलियन गायिका तथा युट्युव स्टार लिल बो वीपको निधन भएको छ । २२ वर्षीय गायिकाको निधनको खबर सामाजिक सञ्जालमार्फत उनका बुबा म्याथ्यु स्कोफिल्डले सार्वजनिक गरेका हुन् । उनको मृत्युको कारण भने खुल्न सकेको छैन । ‘यो साता डिप्रेसन, आघात, पिटिएसडी, लागु पदार्थको​ लतविरुद्ध छोरीको लडाई हारे’ स्कोफिल्डले सामाजिक सञ्जालमा अगाडि लेखेका छन्, ‘उनी मेरो हिरो, छोरी र सबैभन्दा मिल्ने साथी थिइन् ।’ स्कोफिल्डले आफुलाई वीपको बुबा हुनुमा गर्व भएको बताउँदै आफुले उनलाई धेरै माया गर्ने समेत बताएका छन् ।

गायिकाको निधनको खबरले उनको फ्यानमा पीडा पुगेको छ । फ्यानले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना गरिरहेका छन् । गायिका वीपको असली नाम विनोना ब्रुक्स हो । उनले २०१५ मा साउन्ड क्लाउडमा आफ्नो संगीत शेयर गर्न थालेकी थिइन् ।

उनले हालै इन्स्टाग्राममार्फत आफुले बच्चा गुमाएको एक वर्ष पुरा भएकोमा दुःख व्यक्त गरेकी थिइन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com