२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

अब नेपाल आउँदा पीसीआर रिपोर्ट वा खोप कार्ड देखाए पुग्ने

काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि नेपाल आगमन सम्बन्धी लागू गरिएका सबै प्रावधानहरु खारेज गरेर नयाँ ‘ट्राभल एडभाइजरी’ जारी गरिएको छ । अध्यागमन विभागका अनुसार अब विदेशबाट आउँदा कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट वा पूर्ण मात्रामा खोप लगाएको कार्ड पेस गरे पुग्ने भएको छ ।

यसका साथै विदेशबाट नेपाल आउँदा तोकिएको क्वारेन्टाइन बस्नुपर्ने प्रावधान पनि हटाइएको विभागले जनाएको छ । विदेशबाट आउनेहरुका हकमा जारी गरिएका जनस्वास्थ्य सम्बन्धी यसअघिका सबै प्रावधान खारेज गरिएको पनि विभागले जनाएको छ ।

नयाँ ‘ट्राभल एडभाइजरी’मा अब अन्तर्राष्ट्रिय प्रवेश विन्दूबाट नेपाल आउँदा पूर्ण मात्राको खोप लगाएको हुनुपर्ने वा पीसीआर नेगेटिभ रिपोर्ट पेस गरे पुग्ने उल्लेख छ । साथै कानूनी प्रक्रिया पूरा गरेका सबैलाई प्रवेशका लागि अनुमति दिइने भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com