२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

श्रीलंका पुलिसमाथि नेपालको फराकिलो जित

अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा श्रीलंका पुलिसमाथि १४४ रनको फराकिलो जित हात पारेको छ । नेपालले दिएको ३३२ रनको लक्ष्य पछ्याएको श्रीलंका पुलिस ३६ ओभर ५ बलमा १८७ रनमै समेटिएपछि नेपालले लगातार तेस्रो जित निकालेको हो ।

श्रीलंका पुलिसका कप्तान सी सिल्भाले सर्वाधिक ६४ रन बनाए । यस्तै एस मौर्याले ५०, एल वेभिताले ३७ रनको योगदान गरे । नेपालको जितमा करण केसीले ३ विकेट लिए । यस्तै सागर ढकाल, कमल सिंह ऐरी तथा कप्तान सन्दीप लामिछानेले समान २-२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३३१ रनको विशाल योगफल तयार पारेको थियो । श्रीलंका पुलिसविरुद्ध नेपालका चार खेलाडीले अर्धशतक पूरा गरेका थिए । रोहित पौडेलले सर्वाधिक ७२ रन बनाए । कुशल भुर्तेलले ५७ रन, करणले ५३ रन तथा आसिफ शेखले ५२ रनको योगदान गरे । यस्तै कमल सिंह ऐरीले अविजित ४५ रन, आरिफ शेखले २६ बनाए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com