२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

धनुषा कांग्रेसको दोश्रो चरणको मतदान आज हुँदै

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको सभापतिका लागि दोश्रो चरणको मतदान आज हुंदैछ ।

बिहीबार बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि नेताहरूबीच सहमति हुन नसक्दा एक दिन पर सारिएको हो ।

निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीका अनुसार शुक्रबार बिहान ८ बजेदेखि जनकपुरधामस्थित तिरहुतिया गाछीमा मतदान हुनेछ । उम्मेदवारहरुबीचको सहमति र सहकार्यको निर्णय अनुसार मतदान कार्यक्रम पछि सारिएको उनले बताए ।

मंगलबार अबेर रातीसम्म भएको मतगणनामा कुनै उम्मेदवारले ५० प्रतिशत बढी मत ल्याउन नसक्दा आज दोश्रो चरणको मतदान हुन लागेको हो ।

सोमबार भएको निर्वाचनमा कुल ३ हजार १७३ मतदाता रहेकोमा २ हजार ९ सय १८ जनाले मत खसेको थियो ।

उक्त मतमध्ये सभापति पदका लागि निधि समुहका योगेन्द्र पजियार अग्रस्थानमा रहँदै १ हजार २ सय ४८ मत ल्याएका थिए भने संस्थापन पक्षबाट प्रतिद्वन्दी संतोष यादवले ८ सय ८२ मत ल्याएका थिए ।

त्यस्तै, अर्का प्रतिद्वन्दी कोइराला समुहका दिनेश प्रसैलाले ६ सय ३० मत प्राप्त गरेका थिए भने १ सय ५८ वटा मत भने बदर भएको थियो ।

पहिलो चरणको मतदानमा कुनैपनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा अव दोस्रो चरणको लागि मतदान हुन लागेको निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए ।

चुनावी प्रतिस्पर्धामा दिनेश प्रसैला बाहिरिएकोमा अब योगेन्द्र पजियार र संतोष यादवबीच प्रतिस्पर्धा हुनेछ ।

पञ्जियार नेता बिमलेन्द्र निधि, यादव सभापति शेरबहादुर देउवा र प्रसैला डा। शेखर कोइराला पक्षका हुन् ।

प्रतिस्पर्धाबाट बाहिरिएका प्रसैलाले पञ्जियारलाई समर्थन जनाइसकेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com