२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

खप्तड गोल्डकप : उपाधिका लागि फ्रेन्ड्स र मनाङ भिड्ने

कैलाली । पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार साबिक बिजेता मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब भिड्दैछन् ।

धनगढी रंगशालामा हुने फाइनल अघिको पत्रकार सम्मेलनमा दुबै टिमले उपाधि जित्ने दावी गरेका छन् । मनाङका प्रशिक्षक राजेन्द्र तामाङले फ्रेन्ड्सविरुद्ध जितका लागि खेल्ने बताए । ‘फाइनल पुगेका छौ, हामी जितका लागि खेल्नेछौ,’ प्रशिक्षक तामाङले जनाए ।

मनाङका कप्तान अन्जन विष्टले प्रतियोगिताको सबै खेललाई फाइनल सरह नै लिएको तथा आफूहरु फाइनल खेल्न तयार रहेको बताए । ‘नकआउट प्रतियोगितामा सबै खेल फाइनल नै हो, कुनै पनि खेलमा पराजित भए बाहिरिन्छौ । हामी मुख्य फाइनलमा आएका छौ र फाइनल खेल्न तयार छौ,’ अन्जनले थपे । अन्जनले फाइनल खेलका लागि कुनै पनि दवाव नरहेको समेत बताए ।

सेमिफाइनलमा मनाङले हिमलायन शेर्पा क्लबलाई पेनाल्टीमा ४–२ ले पराजित गरेको थियो । त्यस्तै अर्कोतर्फ फ्रेन्ड्सले भने बागमती युथ क्लबलाई २–१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले मनाङ राम्रो टिम रहेको बताएपनि जितका लागि खेल्ने बताए । ‘मनाङ राम्रो टिम हो, उसले ए डिभिजन लिगमा पनि राम्रो गरेको छ । तर पनि हामी जितका लागि खेल्छौ,’ मिश्रले बताए ।

सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् । फाइनल प्रतियोगिता भोलि धनगढी स्थित रंगशालामा दिउसो ३ बजेदेखि आयोजना हुने बताइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com