२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

वीरगञ्जका जनता समाजवादी पार्टीका मेयर सरावगी एमालेमा प्रवेश

#kp oli#

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नगर प्रमुख सरावगी–२०७४ को स्थानीय निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित भएका थिए ।

शनिबार वीरगञ्जमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नगर प्रमुख सरावगीलाई दोसल्लाह ओढाएर पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सरावगीले पार्टी अध्यक्ष ओली जस्तो निर्णय गर्ने क्षमतावान नेता अन्य कुनै राजनीतिक दलमा नभएको भन्दै आफू ओलीको व्यक्तित्वबाट प्रभावित भएको बताए ।

उनले जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताले आफूलाई हरेक कार्यमा असहयोग गरेको गुनासो गरेका छन् । उक्त पार्टीमा हाल पनि जातिवादको राजनीति हावी भएको भन्दै जातिवादको राजनीतिले जसपा राष्ट्रिय पार्टी बन्न नसक्न उनले बताए ।

सरावगीले राष्ट्रिय पार्टी भनेको एमाले भएको बताउदै ओली नेतृत्वको पार्टीले अब मुलुकलाई सकारात्मक दिशातर्फ लैजाने बताए । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिब तथा प्रदेश न.२ का इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटीका सदस्य प्रभु शाह, एमालेका पर्सा जिल्ला ईन्चार्ज प्रभु हजरालगायतका सयौँ नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com