पाल्पाको बगनासकाली – ४ खानिछाप पूर्ण सरसफाइ वडा घोषणा

पाल्पा । पाल्पाको बगनासकाली – ४ खानिछाप पूर्ण सरसफाइ वडा घोषणा भएको छ । खानिछाप वडा कार्यालयमा आयोजित एक समारोहमा गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद बश्यालले पूर्ण सरसफाइ वडा घोषणा गरे।
कार्यक्ममा बोल्दै गाउपालिका अध्यक्ष बस्यालले बगनासकालिमा आफुहरु निर्वाचित भएपछि बिकास निर्माणको साथ साथै स्वास्थ्य, शिक्षा र चेतना स्तर वृद्धिमा समेत काम गरेको दावी गरे ।
बगनासकालिलाइ प्रदेशकै पहिलो बालमैत्री गाउपालिका घोषणा गरेको स्मरण गर्दै उनले कोरोना महामारिमा बगनासकाली जनताको सारथी बनेको पनि बताए ।
कार्यक्रममा बगनासकाली गाउपालिकाका उपाध्यक्ष सरस्वती चिदिले बिकेन्दृकरणको नीति अनुसार आफुहरुले काम गरेको बताउदै न्यायिक छेत्रमा समेत वडा वडामा सहजकर्ता परिचालन गरियेको बताइन्।
४ सय ६९ घरधुरी रहेको खानिछापमा २ हजार ८ सय ४३ जनसंख्या रहेको छ । खानिछापमा पुर्ण सरसफाइ वडा घोषणा का लागि टोल समिति गठन, सुचकहरुको सचेतिकरण खानेपानी मुहानको सुद्द्ता, सरसफाइ समिती गठन तथा प्रतिवद्द्ता जस्ता कार्यहरु गरिएको वडा अध्यक्ष हुतमान सी दर्लामिले जानकारी जनकारी दिए ।
वडाले गरेका कामहरु नेपाल सरकारको सुचक मापनमा ९० बढी देखिएको बगनासकाली गाउपालिकाले जनाएको छ।