२०८३ जेष्ठ २४ - Sun Jun, 2026 -

Janasewa News

फुङलिङमा आगलागीबाट ६९ लाखभन्दा बढीको क्षति

(रासस)

ताप्लेजुङको सदरमुकाम फुङलिङ नगरपालिका–४ कोप्चे टोलमा शुक्रबार भएको आगलागीमा परी रु ६९ लाख ३० हजार बराबर धनमाल क्षति भएको छ । ताप्लेजुङ नेपाल रेडक्रस सोसाइटीका अनुसार आगलागीमा परी उक्त रकम बराबरको धनमाल क्षति हुनाका साथै एक महिलाको मृत्यु भएको र दुई घरका परिवार विस्थापित हुन पुगेको रेडक्रसका प्रतिनिधि अर्जुन कार्कीले बताए ।

शुक्रबार बिहान ८ः ३० बजेतिर आगलागी भएको थियो । फुङलिङ नगरपालिकाको दमकल प्रयोग गर्नाका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो डेढ घण्टापछि निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com