२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

सरकारले अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्बासीको समस्याप्रति वेवास्ता गरे : अध्यक्ष ओली

जनसेवा न्युज संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्बासीको समस्याप्रति वेवास्ता गरेको बताएका छन्।

रूपन्देहीको तिलोत्तमामा निर्माण गरिएको बहुउद्देश्यीय भ्युटावरको उद्घाटन गर्दै उनले गठबन्धन सरकारले आयोग खारेज गरेर विभिन्न बहाना खोजिरहेको बताए।

सरकारले सुकुम्बासी समाधान आयोगमा बन्चरो चलाएर अघिल्लो सरकारले फाइल लुकाएको बहाना बनाउँदै हिँडेको बताए।

‘भूमिहीन सुकुम्बासीको समस्या समाधानका लागि अघिल्लो सरकारले गठन गरेको आयोगलाई नै खारेज गरेर गठबन्धन सरकारले अघिल्लो सरकारको फाइल लुकाएको बहाना बनाउँदै हिँडेको छ,’ उनले भने।

उनले अघिल्लो सरकारले फाइल लुकाएको भन्दै हिँडेकाहरू अहिले फाइल खोज्न दिल्ली जान थालेको व्यंग्य समेत गरे।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com