२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

दाङको दङ्गीशरण गाउँपालिका–५ ले आफ्नै भवनबाट सेवा दिन सुरु गरे

दाङको दङ्गीशरण गाउँपालिका–५ ले आफ्नै भवनबाट सेवा दिन सुरुआत गरेको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्यणमन्त्री इन्द्रजीत थारूले भवनको शुभारम्भ गर्दै नागरिकलाई घरआँगनबाटै सेवा पु¥याउनका लागि भवन निर्माणलाई उच्च प्राथमिकता दिएको बताए ।

सो अवसरमा दङ्गीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेको र दुई स्वास्थ्यचौकीलाई एम्बुलेन्ससमेत उपलब्ध गराएको जानकारी दिए ।

सोही अवसरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको समेत शुभारम्भ गरिएको छ । स्वास्थ्य सेवा केन्द्र र वडा कार्यालय भवनका लागि स्थानीय बुद्धिराज उपाध्ययायले जग्गा उपलब्ध गराएका थिए । जम्मा पाँच कठ्ठा जग्गामा वडा कार्यालय भवन र आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको हो । यसअघि वडा कार्यालय भाडाको भवनबाट सञ्चालन हुँदै आएको थियो । (रासस)

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com