२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

पपुवान्युगिनीविरुद्ध नेपालको रोमाञ्चक जित

आइसीसी विश्वकप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले पपुवा न्युगिनीविरुद्ध २ विकेटको रोमाञ्चक जित हासिल गरेको छ । नेपालसामु पीएनजीले दिएको २०५ रनको लक्ष्य नेपालले ४ बल बाँकी हुँदा ८ विकेट खर्चिएर भेट्टायो ।

यूएईको शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २०४ रनको योगफल खडा गरेको थियो ।

पीएनजीका चार्ल्स एमिनीले सर्वाधिक ५९ रन बनाए । उनले पभेलियन फर्किनुअघि ८२ बलमा सात चौका प्रहार गरे । यसबाहेक, चाड सोपरले ३५, टोनी उराले २७, लेगा सिएकाले २५ र नोर्मन भानुआले २३ रन जोडे ।

नेपालका सोमपाल कामीले तीन विकेट लिँदा कप्तान सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले एकरएक विकेट लिए । ब्याटिङतर्फ नेपालका रोहित पौडेल र आरिफ शेखले अर्धसतक बनाए । यस्तै अन्य खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गर्दै नेपालको जित सुनिश्चित गराए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com