२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

युइएफए च्याम्पियन्स लिग : लिलमाथि चेल्सीको सहज जित

एजेन्सी । युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा चेल्सीले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा चेल्सीले लिललाई २–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीलाई सहज जित दिलाउनको लागि काई हाभर्टज र क्रिस्टियन पुलिसिसले समान एक(एक गोल गरे ।

खेलो आठौं मिनेटमा काई हाभर्टजले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । उनले हाकिम जियाचको कर्नरमा हेडमार्फत गोल गरेका थिए ।

६३औं मिनेटमा पुलिसिसले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । उनले एङ्गोल कान्टेको पासमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल चेल्सीले जित्यो ।

यो जितसँगै चेल्सीले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने सम्भावना बालियो बनाएको छ । अब दोस्रो लेगको खेल लिलकै मेदानमा १७ मार्चमा हुने छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com