२०८० चैत्र ६ - Tue Mar, 2024 -

Janasewa News

पीएनजीविरुद्ध नेपाललाई सहज जितको अपेक्षा

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज (मंगलबार) पपुवा न्युगिनी (पीएनजी) सँग खैल्दैछ । पहिलो खेलमा पीएनजीलाई दुई विकेटले हराएको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा छ । तर, पछिल्ला दुई खेलमा कमजोर देखिएको नेपाललाई पीएनजीसँग डर छ । किनभने पीएनजीले घरेलु टोली यूएईलाई सहजै हराएको थियो ।

पीएनजीसँगको इतिहास हेर्दा नेपाल बलियो टोली हो । तीन एकदिवसीय खेल खेलेको छ । सबै खेलमा नेपालले जित निकालेको छ । नेपाली टोलीको ब्याटिङ अहिले कमजोर छ । नेपालका रोहित पौड्यल र आरिफ शेख बाहेक अन्य ब्याट्सम्यान चल्न सकेका छैनन् ।

नेपालका मुख्य चार ब्याटर कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी र आसिफ शेखको ब्याटबाट राम्रो रन निस्केको छैन् । ज्ञानेन्द्र मल्लले पछिल्लो दुई खेलमा ५८ रन बनाउन बाहेक अन्य ब्याटरको आशा लाग्दो प्रदर्शन छैन ।

बलिङतर्फ बलियो बनेको नेपाल ब्याटिङमा भने कमजोर छ । त्यसैले आजको खेलमा पनि नेपाललाई सहज हुने छैन् । नेपाली ब्याटरले जिम्मेवार पना नदेखाउँदा नेपालको चार अंक गुम्यो । यूएई सिरिजको तीन खेल खेलिसक्दा पछिल्लो दुई खेलमा नेपाल पराजित भएको छ । नेपालले दुई खेल यूएईसँग हारेको थियो भने पीएनजीले तेस्रो खेलमा यूएईलाई हराएको थियो ।

पीएनजीले भने सुरुआती दुई खेलमा हार व्यहोरेको थियो । यूएई सिरिजमा नेपाल तथा पीएनजीको अन्तिम खेल हो । दुबई क्रिकेट रंगशालामा नेपालले पीएनजीको सामना गर्नेछ । नेपाल र पीएनजीबीचको खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।

लिग टूमा नेपाल ११ खेलमा ५ जित निकाल्दै १० अंक बनाएर तालिकाको छैटौं स्थानमा छ । यता पीएनजी १५ खेलबाट २ अंक जोडेर पुछारमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com