२०८० चैत्र ६ - Tue Mar, 2024 -

Janasewa News

सशस्त्र द्वन्द्वका बेला घाइते तथा अपांगहरूलाई राज्यबाट सहयोग गर्न प्रधानमन्त्री देउवासँग प्रचण्डको माग

जनसेवा न्युज संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वका बेला घाइते तथा अपांग भएकाहरूलाई राज्यबाट सहयोग गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन्।

आज बालुवाटार पुगेर प्रचण्डले प्रधानमन्त्री देउवासँग सशस्त्र द्वन्द्वका घाइते तथा अपांगका सन्दर्भमा ध्यानाकार्षण गराएका छन्।

सशस्त्र द्वन्द्वमा घाइते भई अपांगता भएका व्यक्तिहरुको अपांगता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि २०७४ लाई संशोधन गर्नसमेत प्रचण्डले माग गरेको उनको सचिवालयले जनाएको छ।

‘सशस्त्र द्वन्द्वमा घाइते भई अपांगता भएका व्यक्तिको लगत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपांगताहरुलाई सूचीकृत गर्ने, सुविधासहित गणतान्त्रिक सेनानीको परिचय पत्र र सम्मान पत्र वितरण गर्नुपर्छ,’ प्रचण्डले प्रधानमन्त्री देउवासँग भने।

ुजनयुद्धु, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलन लगायतका आन्दोलनमा सहिद भएकाको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पुरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई कार्यान्वयनमा ल्याउन पनि प्रचण्डले माग गरेको उनको स्वकीय सचिव रमेश मल्लले बताए।

‘सशस्त्र द्वन्द्वका क्रममा जेल जीवनयापन गरी यातनाले पीडित भएका व्यक्तिलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउनेलगायत विषयमा कुराकानी भएको छ,’ उनले भने।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com