२०८१ आश्विन ४ - Fri Sep, 2024 -

Janasewa News

सत्तासाझेदार प्रमुख राजनीतिक दलहरूद्वारा तालमेल विषयमा छलफल

काठमाडौं । सत्तासाझेदार प्रमुख राजनीतिक दलहरूले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने विषयमा छलफल सुरु गरेका छन् ।

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका साथै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताले चुनावी तालमेलको मापदण्ड बनाउने विषयमा छलफल थालेका हुन्।

चुनावी तालमेलका विषयमा गठबन्धनमा रहेका दलका शीर्ष नेताले परस्पर फरक धारणा राख्दै आएका बेला मंगलबार बिहान बसेको तीन दलका शीर्ष नेताको बैठकले छिट्टै संयन्त्र निर्माण गरेर अघि बढ्ने समझदारी गरेको छ।

शुक्रबार बस्ने कांग्रेस केन्द्रीय समिति बैठकले चुनावी तालमेलका विषयमा औपचारिक निर्णय गरेसँगै संयन्त्र निर्माण गरेर अघि बढ्ने प्रस्ताव प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका छन्।

स्थानीय तहको निर्वाचन तालमेलसहितका विषयमा निर्णय गर्न कांग्रेसले शुक्रबार बैठक बोलाएको छ। संस्थापन इतरका केही नेता भने अन्य दलसँग मिलेर नभई एक्लै निर्वाचनमा जानुपर्ने पक्षमा छन् । तर सभापति देउवासहित संस्थापन पक्ष सत्ता गठबन्धनमा रहेका दलहरूसँग तालमेल गरेर जानुपर्ने पक्षमा छ। संस्थापन पक्ष ६ वटा महानगरपालिकामा तालमेल गरेर अघि बढ्न सकारात्मक देखिएको छ।

त्यसका अतिरिक्त ११ उपमहानगरपालिकामा पनि आवश्यक परे भागबन्डा गरेर जान कांग्रेस सहमत हुने निकट स्रोतको दाबी छ।

यो खबर आजको नागरिक दैनिकमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com