२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

यी स्मार्टवाचमा पाइनेछ क्यालोरी ट्रयाकिङ र बीपी मनिटरिङ जस्ता आधुनिक फिचर्स

एजेन्सी । ह्यान्डसम देखिन फिटनेस मेन्टेन गर्नुका साथै स्टाइलिस देखिनु पनि जरुरी हुन्छ । एक राम्रो गुणस्तरको स्मार्टवाच यस काममा तपाईलाई सहयोग गर्न सक्छ । यसै कुरालाई ध्यानमा राखेर हामीले गतिविधि र फिटनेस ट्रयाकर न्यून मूल्यका स्मार्ट वाचको सूची लिएर आएका छौ ।

यसबाट तपाईंले आफ्नो फिटनेस ट्रयाक गर्ने मात्रै होइन, यो लगाएर तपाईंलाई स्टाइलिससमेत महसुस गर्न सक्नुहुनेछ । यहाँ हामी तपाईंलाई यस्तै शानदार स्मार्ट वाच बारे बताउन गइरहेका छौँ ।

एम आई स्मार्ट वाच–डी २० प्लस

यो स्पोर्टर्स र क्याजुअल वेयरका लागि उपयुक्त ब्याक कलरको न्यून मूल्यको स्मार्टवाच हो । यो वाटर प्रुफ पनि हो । यो किफायती र लेटेस्ट स्मार्ट वाचमा मुटुको चालको दर र गतिविधि ट्रयाकर पनि राखिएको छ । यो स्पोर्ट्स स्मार्ट वाचलाई प्रत्येक स्मार्टफोनसँग कनेक्ट गर्न सकिन्छ । यसमा ब्लूटूथ कनेक्टिभिटीका साथै क्यालोरी ट्रयाकिङ पनि पाइन्छ ।

स्मार्ट वाच आइडी ११६ प्लस स्मार्टफोन

यो १।३ इन्चको ब्लूटूथ कनेक्टिभिटीका साथ आउने स्मार्टवाच हो । यसमा क्यालोरी काउन्टर पनि पाइन्छ, जसले तपाईंलाई फिट राख्न मद्दत गर्नसक्छ । यसलाई तपाई र धेरैजसो ल्यापटप र मोबाइलमा कनेक्ट गर्न सक्नुहुनेछ । यसलाई स्पोर्ट्स र क्याजुुअल आउटफिटका साथ लगाउन सकिन्छ ।

पुरुषका लागि एम आई स्मार्टवाच

​यो एन्ड्रोइड र आईओएस डिभाइस कम्पेटिबिलिटीका साथ आउने स्मार्टवाच फर मेन हो । यसमा तपाईंले मेसेज नोटिफिकेसन, पीडोमीटर, रिमाइन्डर, स्लीप मनिटर, तत्कालको नोटिफिकेशन र एन्टी लास्ट जस्ता विशेषता पाउन सकिन्छ । यो स्मार्टवाचबाट तपाई आफ्नो फिटनेस र स्वास्थ्य दुवै ट्रयाक गर्न सक्नुुहुनेछ । यो हेर्नमा पनि धेरै नै स्टाइलिस छ ।

टी–५०० प्ल्स प्रो स्मार्टवाच एचडी

​यो १.७५ इन्चको एचडी डिस्प्लेका साथ आउन लागेको स्मार्टवाच हो । यसमा तपाइलाई ब्लूटूूथ कलिङ र मोसन रिकर्ड जस्ता आधुनिक विकल्प राखिने भएको छ । यो शानदार स्मार्टवाचमा हर्ट रेट र ब्लड प्रेशर मनिटर पनि राखिएको छ । यसलाई व्यायाम र हिडाइमा जादाको समयमा महिला र पुरुष दुवैले लगाउन सक्छन् । यो न्यूनतम मूल्यको स्मार्टवाचले तपाईको गेटअपलाई पनि राम्रो बनाउँछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com