२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि नेपाल आइपुगे

जनसेवा न्युज संवाददाता

तीन दिने भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आइपुगेका छन् । विदेशमन्त्री वाङ १९ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार नेपाल उत्रिएका हुन् । विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा.नारायण खड्काले स्वागत गरेका छन् ।

त्यसैगरी वाङले शनिबारै दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आईतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्ने कार्यक्रम तय भएको छ । आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेपछि आइतबार साँझ विदेशमन्त्री वाङ चीन फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com