२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

नेपाली कांग्रेसका नेता शेखर पक्षद्वारा आफ्नो गुट जगाउने प्रयास सुरु

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल १४औं महाधिवेशनमा संस्थापन इतर पक्षको नेतृत्व गरी सभापतिको प्रत्यासी बन्न चाहन्थे। तर शेखर कोइराला र प्रकाशमान सिंह उनलाई सभापतिको प्रत्यासीका रूपमा स्विकार्न तयार भएनन् । संस्थापन इतर समूहबाट शेखर र सिंह दुवैजना सभापतिको प्रतिस्पर्धामा उत्रिए भने अर्का आकांक्षी तत्कालीन महामन्त्री शशांक कोइराला उनीहरूको कदमबाट असन्तुष्ट बने। पौडेललाई सभापतिमा अघि सारेर १४औं महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धामा जानुपर्ने पक्षमा रहेका शशांक शेखर र सिंह दुवैको पक्षमा खुलेनन्।

त्यससँगै कांग्रेसमा रहेको संस्थापन इतरको शक्तिशाली गुट पनि तितरबितर बन्यो। १४औं महाधिवेशनअधिको संस्थापन इतर समूहलाई समेटेर अघि बढ्ने तत्परता शेखरले पनि देखाएनन्। महाधिवेशनपछि पनि भित्रभित्रै आफू निकटहरूको भेला र बैठकलाई निरन्तरता दिएका शेखर, गगन थापासहितका नेताले बाहिर भने आफूलाई भागबन्डाको विपक्षमा प्रस्तुत गर्दै आए। आफ्नो समूहबाट पार्टी उपसभापति र महामन्त्रीमा पराजित नेतालाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनयन नगरेकोमा भने उनीहरूले असन्तुष्टि व्यक्त गर्दै आएका थिए। तर उनीहरूको असन्तुष्टिलाई सभापति देउवाले खासै महत्त्व दिएनन् ।

सभापति देउवाले बुधबार नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको नेतृत्व तोकेसँगै बसेको शेखर पक्षको भेलाले असन्तुष्टि पोख्यो । त्यो भेला देउवाले आफूहरूलाई पेलेर अघि बढेको भन्दै प्रतिरोधमा उत्रिने निष्कर्षमा पुग्यो। भ्रातृ संगठनका समानान्तर समितिहरू गठन गर्ने भन्दै शेखर पक्षले आफ्नो गुट ुजगाउने प्रयास सुरु गरेको छ। आजको नागरिक दैनिकमा समाचार छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com