२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

‘सरी मम्’ को छायांकन फिल्म सुरु

जनसेवा न्युज संवाददाता

फिल्म ‘सरी मम्’ को छायांकन सुरु भएको छ । बिहीबार भद्रकाली मन्दिरमा शुभ मुहूर्त सहित फिल्मको छायांकन गरिएको हो । कार्यक्रममा अभिनेत्री सरीता लामिछाने र प्रभात पलले मुहूर्त सर्ट दिए ।

चलचित्रमा सरिता र प्रभातका अलवा सरोज खनाल, विजय लामा, एलिस राई, विहान श्रेष्ठ, रेजिना मगर, युनिषा बजगाईं र प्रविल कटुवालको अभिनय छ । फिल्मको सम्पुर्ण छायांकन बागमती र गण्डकी प्रदेशमा गरिनेछ ।

एनएफआई क्रियसनको व्यानरमा निर्माण हुने फिल्म नविन बोगटीले निर्देशन गर्दैछन् । बोगटीको यो डेब्यु फिल्म हो ।
३० दिनको छायांकन सेड्युल रहेको फिल्ममा दीर्घ गुरुङको छायांकन रहनेछ । सामाजिक कथावस्तुमा निर्माण हुन लागेको फिल्मको निर्माता विनोद लामा हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com