२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

आगामी निर्वाचनमा माओवादी वामपन्थी शक्तिमा पहिलो पार्टी हुन्छ : शिक्षा मन्त्री पौडेल

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी निर्वाचनमा माओवादी वामपन्थी शक्तिमा पहिलो पार्टी हुने दाबी गरेका छन् । नेकपा माओवादी केन्द्र ढोरपाटन, निसी र तमानखोलाले शुक्रबार आयोजना गरेको राजनीतिक एवम् वैचारिक प्रशिक्षणमा मन्त्री पौडेलले आगामी निर्वाचनमा वामपन्थी शक्तिमा माओवादी पहिलो हुने बताएका हुन् ।

उनले त्याग, तपस्या र जनताका लागि दुःख गरेको पार्टी माओवादी भएकाले प्रतिक्रियावादीहरुले भ्रम फैलाइरहेको आरोप लगाए । माओवादी पार्टी अब चुनाव नजित्ने ठाउँमा पुगेको भन्ने प्रचार भइरहेकोु मन्त्री पौडेलले भने, देशी विदेशी शक्तिले चौर्फी हमला गरिरहेको छ ।

पार्टीको महाधिवेशन सम्पन्नपछि पार्टी पुर्ननिर्माणको क्रममा रहेको भन्दै आगामी निर्वाचनमा पहिलो वामपंथी शक्ति हुने बताए । जनक्रान्तिको कार्यभार अझै बाँकी रहेको भन्दै सुशासन र समृद्धि हुँदै समाजवादको यात्रामा रहेको बताए ।

संविधानको प्रस्तावनामा जनताको मैलिक हकअधिकारको कुरा लेख्ने पार्टी माओवादी भएको भन्दै अहिलेका स्थापित मुद्धाको मार्गचित्रमा माओवादी भएको उल्लेख गरे ।

हामीले बलिदान, त्याग र तपस्या र आत्मबलिदान नगरेको भए अहिलेको परिर्वतन आउने थिएन, । माओवादीले प्राप्त गरेका उपलब्धी जीवन्त रहन्छन् । माओवादीबाट सरकारको जिम्मा लिनुभएका सार्थीहरू (बादलसमूह) ले धोका दिए । उनले भने, बैचारिक बहस थियो तर सरकारमै सहभागी भएर जिम्मेवारी लिएर धोका दिएका कमरेडहरू अहिले माओवादीलाई सराप्दै हिँडेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com