२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

दीपेन्द्रको शतकमा नेपालले पीएनजीलाई दियो २७९ रनको लक्ष्य

जनसेवा न्युुज संवाददाता

नेपालका युवा ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीको शतकीय पारीमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पीएनजीलाई २७९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्यटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७८ रन बनायो ।
नेपालका लागि दीपेन्द्रले १०५ रनको शतकीय पारी खेले । १४० बल खेलेका उनले ७ चौका प्रहार गरे । दीपेन्द्र ४८ औं ओभरको पहिलो बलमा आउट भए । उनलाई नोरमान भानुवाले क्याच आउट भए ।

नेपालका लागि देव खनालले एक दिवसीयमा पहिलो अर्धशतक प्रहार गरे । ८६ बल खेलेका उनले ४ चौका र ३ छक्काको सहयोगमा ७२ रन बनाए । देव ३१ औं ओभरको दोस्रो बलमा क्याच आउट भए । उनलाई पीएनजीका कार्लेश एमिनीले क्याच आउट गराए ।

नेपालका लागि दीपेन्द्र र देव खनालले कीर्तिमानी साझेदारी गरे । तेस्रो विकेटका लागि उनीहरूले १२९ रनको साझेदारी गरे । नेपालका लागि १२९ रनको साझेदारी एकदिवसीय अन्तर्राष्ट्रियमा हालसम्मकै सर्वाधिक साझेदारी हो । यसअघि शुक्रबार भएको खेलमा आरिफ शेख र रोहित कुमार पौड्यलले १०४ रनको साझेदारी गरेका थिए ।

नेपालका कप्तान सन्दीप लामिछानेले २४ रन बनाए । नेपालले ४८ औं ओभरको दोस्रो बलमा आफ्नो छैटौं विकेट गुमायो । नेपालका भिम सार्की २६ रन बनाएर आउट भए । सोही ओभरको अन्तिम बलमा नेपालले आफ्नो सातौं विकेट गुमायो । नेपालका आरिफ शेख ४ रन बनाएर रन आउट भए ।

४९ औं ओभरको पहिलो बलमा नेपालले आफ्नो आठौं विकेट गुमायो । नेपालका पवन सरार्फ खाता नखोली पेवेलियन फर्किए । यसअघि नेपालले ४० ओभरको चौथो बलमा आफ्नो चौथो विकेट गुमायो । नेपालका रोहित कुमार पौड्याल ३५ रन बनाएर पेवेलियन फर्किए । उनलाई काड सोपरले बोल्ड आउट गराए ।

नेपालले पहिलो ओभरको पहिलो बलमा पहिलो विकेट गुमाएको थियो । नेपालका कुशल भुर्तेल रोयल डक भएका हुन् । उनलाई अलेइ नोवाले क्याच आउट गराएका हुन् ।

नेपालले तेस्रो ओभरको पहिलो बलमा दोस्रो विकेट गुमायो । नेपालका अनिल शाह उनलाई नोवाले क्याच आउट गराए । शाहले मात्र १ रन बनाए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com