२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

पनौती बसपार्कदेखि पुर्व सुन्थान तर्फको सडक पिच गर्ने काम सुरु

काभ्रे। पनौती बसपार्क जोड्ने विभिन्न सडकहरू पिचको काम सुरु भएको छ।

बसपार्कदेखि कुशादेवी तर्फ जाने सडकको बाँकी रहेको पिचको काम आजबाट सुरु भएको छ।

धुलो–धुवा बढेको र पिच नगरिएको भन्दै स्थानीयले केहि दिन अघि सडकमा अवरोध तेर्स्याएर आवागमन बन्द गरेका थिए।

करिव ६ महिना अघि वडा ८ को खरिबोट माथिदेखि पिच हुदै आएको यो सडकमा बसपार्क नजिकै करीव डेढ सय मिटर पिचको काम रोकिएको थियो। पिच हुदै गरेको सडकमा ढल निकासको बिषयमा स्थानीयबिचको कुरा नमिल्दा पिचको काम रोकिएको थियो।

मकरलाई पिच होलाकी भन्ने आशामा रहेका पनौतीदेखि सुन्थानसम्मका स्थानीय तथा पैदल तथा सवारीमा यात्रा गर्नेहरु पिच हुने भएपछी स्थानीय र पैदलयात्री खुसि भएका छन्।

सडक निर्माणको अनुगमनमा हिड्नु भएका पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेले पनौतीका विभिन्न सडक र भित्रि सडकहरु निर्माणका कार्यहरु भैसकेका, केहि हुदै गरेका र केहि हुने क्रममा रहेकोले आत्तिहाल्नु नहुने बताउनुभयो। क्रमैसंग सबै काम हुने बताउनुभयो।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com