२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

गफ होइन हामी काम गरेर देखाउँछौँ : मन्त्री झाँक्री

जनसेवा न्युज संवाददाता

नेपाल सरकारकी सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विकासमा काम भन्दा बढी प्रचार गरिने प्रवृत्तिको अन्त्य गर्दै आफ्नो पार्टीले काम नै गरेर देखाउने बताएकी छन् । शनिबार गृह जिल्ला गुल्मीको नेकपा एकीकृत समाजवादी पार्टीको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सो पार्टी सचिव समेत रहेकी झाँक्रीले यस्तो बताएकी हुन् ।

उनले भनिन्गु ल्मीको हकमा पनि विकासभन्दा गफ बढी हुने गरेको छ । अब हामी जिल्लाको विकासमा गफ कुनै प्रचार होइन कामै गरेर देखाउँछौ । हेर्नुस् त यो सदरमुकाममा हजारौँ मान्छे अट्न सक्ने सभा हल छैन । यसर्थ विशाल सभा हल बनाउने प्रक्रियामा छौँ । सदरमुकाम जस्तो ठाउँमा सार्वजनिक शौचालय छैन । सडक खाल्डाखुल्डी छन् त्यसका लागि रकम स्वीकृत भैसकेको छ ।

उनले सत्ता गठबन्धन दल काङ्ग्रेसका सभापति खिल्ध्वज पन्थी , माओवादी केन्द्रका संयोजक बुद्धि जिसी आफ्नो पार्टी गुल्मीका अध्यक्ष नरेश भण्डारी को सुझावमा गुल्मीको विकासको खाका तयार पारिएको बताइन ।

अलपत्र परेको सालझण्डी ढोरपाटन पाटन सडक र मदन भण्डारी राजमार्ग निर्माणका लागि गुल्मीका ती नेताहरूले जोड दिएको बताइन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com