२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निर्वाचनमा नजाने निर्णय

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चुनावमा सहभागी नहुने भएको छ । गत ४ चैतदेखि कपिलवस्तुको शिवगढीमा जारी केन्द्रीय समितिको बैठकले महासचिव विप्लवको स्थानीय चुनावलाई उपयोग गर्ने प्रस्तावलाइ परिमार्जन गर्दै प्रतिवेदन पारित गरेको छ ।

नेकपा स्रोतका अनुसार सरकार ३ बुद्दे कार्यान्वयन नगरेको,आफ्ना नेता कार्यकर्ता जेल र हिरासतमा रहेको,मुद्दा फिर्ता नभएको र जनमतसंग्रह जानुपर्ने अवस्थामा निर्वाचनमा जाने प्रस्ताव घातक भएको भन्दै पार्टी निर्वाचनमा नजाने निर्णय गरेको हो ।

नेकपा भित्रको एक समूह निर्वाचनमा जान मरिहत्ते गरेपनी बैठकमा अधिकांश केन्द्रिय सदस्यले यो ब्यवस्थाको निर्वाचन स्वीकार गर्न नसकिने धारणा राखेपछी विप्लवको प्रस्ताव परिमार्जन भएको हो । यद्यपि केही केन्द्रिय सदस्यले प्रस्ताव हुबहु पारित भएको भन्ने आसयका स्टाटसहरु सामाजिक संजालमा अप्लोड गरेकाछन । यसले निर्वाचन नजाने निर्णय एक समुहलाई मन नपरेको प्रष्ट देखिएको छ ।

नेकपा स्रोतका अनुसार महासचिव विप्लवद्धारा प्रस्तुत गर्नु भएको दस्तावेज परिमार्जनसहित पास भयो । परिमार्जनमा पार्टी दर्ता गरेर स्थानीय चुनावमा नजाने र स्थानीय स्तरमा देशभक्त, एमसीसी विरोधी, क्रान्तिकारी, भ्रष्टचार विरोधी उम्मेदवारहरुलाई सर्मथन गर्ने मध्यमार्गी बाटो तय गरेको छ ।

निर्वाचनमा जानुपर्ने विप्लवको प्रस्तावको विपक्षमा नेता हेमन्त प्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कंचन’ नेतृत्वमा केन्द्रिय समितिका झन्डै ६७ प्रतिशत सदस्य उभिएपछि यस्तो मध्यमार्गी विकल्प खोजिएको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com