२०८१ श्रावण १२ - Sat Jul, 2024 -

Janasewa News

बहिर्गमित जनमुक्ती सेना नेपालको बद्दनाम गर्न : सरकारी गुप्तचर सेवामा रहेका व्यक्तिले घटना घटाउने र जिम्मेवारी लिने रबैया देखायो

काठमाडौँ । मिति : २०७८ माघ १४ गतेका दिन चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष श्री कृष्ण गिरी माथी भएको सांघातिक हमला बहिर्गमित जनमुक्ति सेना नेपालको नाममा घटनाको जिम्मा लिई संगठनको बद्दनाम गरेको भन्दै आज एक विज्ञाप्ति जारी गर्दै सो संगठनका ईन्चार्ज असिम आङबुहाङ्ग लिम्बु, र अध्यक्ष रमेश बसेल (करन) ले आपत्ती जनाएको छ ।

सो घटनाको जिम्मा लिइ बहिर्गमित जनमुक्ति सेना नेपालको लेटरप्याड को दुरुपयोग गरी संगठनको उपाध्यक्ष बताउने सुनिल खड्का (प्रमेश्वर खड्का) ले प्रेस विज्ञाप्ति मार्फत घटनाको जिम्मा लिएको र उक्त घटना अनुसन्धानको क्रममा सम्वन्धित निकाय र प्रहरी प्रशासन बाट आफ्नो संगठनका जिम्मेवार नेतृत्वहरुलाई जानकारी आएकोले उक्त घटना प्रति बहिर्गमित जनमुक्ती सेना नेपाल केन्द्रीय संघर्ष समितिको गम्भीर ध्यानाकर्षण भएका छ भन्दै सो घटनाको जिम्मा लिने व्यक्ती संगठन भित्रको कुनै जिम्मेवारी व्यक्ति नभएको भन्दै जारी विज्ञाप्तमा उल्लेख गरिएको छ ।

उक्त विज्ञाप्तिमा उल्लेख भए बमोजिमको अपराधिक गतिविधि गर्ने गराउने कार्यमा संगठनको कुनै पनि र कहिले पनि संग्लनता हुने निति, उदेश्य र कार्यक्रम नभएको र नहुने जानकारी गर्दै उक्त घटनाको घोर भत्सर्ना समेत गरेको छ ।

संगठनलाई बदनाम गराउने उद्देश्यले संगठनको लेटरप्याड र छाप दुरुपयोग गरी सरकारी गुप्तचर सेवामा रहेका व्यक्तिले घटना घटाउने र जिम्मेवारी लिने रबैया निन्दनिय र खेदजनक भएकोले उक्त घटनामा सामेल हुने व्यक्तिहरुको छानविन गरी तत्काल कारवाहिको दायरामा ल्याउन सम्वन्धित निकाय र गृह प्रशासन समक्ष बहिर्गमित जनमुक्ती सेना नेपालले गम्भीर ध्यानाकर्षण गराएको छ ।

विज्ञाप्तिको पुर्ण पाठ :

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com