२०८१ जेष्ठ १ - Tue May, 2024 -

Janasewa News

एमाले र कांग्रेसले अमेरिकालाई खुशी बनाउन एमसीसी पास गर्न होडबाजी गरे : अध्यक्ष चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले र कांग्रेसले अमेरिकालाई खुशी बनाउन एमसीसी पास गर्न होडबाजी गरे ।

रुपन्देहीको कञ्चन गाउँपालिकामा सोमबार आयोजित राष्ट्रिय जनमोर्चाको स्थानीय चुनाव केन्द्रित भेलालाई सम्बोधन गर्दै अध्यक्ष केसीले राष्ट्रघाती एमसीसी पारित गर्न सत्ताधारी कांग्रेस, माओवादी र एकीकृत समाजवादी जत्तिकै प्रतिपक्षी एमाले पनि जिम्मेवार रहेको बताए।

शासक दलहरु देशको राष्ट्रियता बचाउन भन्दा साम्राज्यवादीको दलाली गर्न तल्लिन भएको उनको आरोप थियो।

अध्यक्ष ले भन्नु भयो , ‘शासकहरू देशको हितमा काम गर्नुको सट्टा विदेशी साम्राज्यवादको दलाली गर्दैछन्। राष्ट्रघाती एमसीसी पास गर्न कांग्रेस, माओवादी र समाजवादी जति जिम्मेवार छन्, एमाले पनि उत्तिकै जिम्मेवार छ। प्रतिस्पर्धा खाली एमसीसी पास गरेर जस कसले लिने भन्ने हो।’

अध्यक्ष केसीले अहिलेको निर्वाचन प्रतिगमनको खतरा र अधिनायकवादलाई रोक्न केन्द्रित गर्ने बताए। साथसाथै आफ्नो पार्टीले एमसीसी र संघीयता खारेजीको मुद्दालाई पनि अघि बढाउने उनको भनाई थियो।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com