२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

युक्रेनसँग कुराकानीपछि फर्किएका रुसी अर्बपतिमाथि संदिग्ध विषको असर

एजेन्सी

बेलारुसमा युक्रेन–रुस वार्तामा भाग लिएपछि फर्किएका रुसी अर्बपति रोमान अब्रामोविचमाथि संदिग्ध विषको असरको लक्षण देखिएको छ ।

रुसी अर्बपति रोमान इंग्लिस प्रिमियर लिगको टीम चेल्सीका मालिक । यो जानकारी उनका एक नजिकका स्रोतले दिएका हुन् ।

उनलाई आँखा दुख्ने, छाला पोल्नेजस्ता समस्या रहेको बताइएको छ ।

युक्रेनका अन्य दुई शान्ति वार्ताकारमा पनि यस्तै लक्षण देखिएको खबर छ ।

एक रिपोर्टमा विष दिने कोसिस रुसका कट्टरपन्थी, जो शान्तिवार्ता होस् भन्ने चाहँदैनन्, को तर्फबाट गरिएको बताइएको छ ।

आरोप सार्वजनिक भएको केही समयपछि समाचार एजेन्सीले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार यो लक्षण कुनै विष दिएका कारण नभई ‘वातावरणीय’ कारणले भएको थियो ।

त्यसपछि युक्रेनका राष्ट्रपति कार्यालयको एक अधिकारी, आइहोर जोव्कवाले बीबीसीसँगको कुराकानीमा उनले अब्रामोविचसँगग कुनै कुराकानी नगरेको तर युक्रेनी प्रतिनिधिमण्डलका सदस्य ठिक भएको बताए । यस्तै अर्का एक अधिकारीले यो कहानी झुटो भएको बताएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com