२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

राजनीतिक दलविरुद्ध सडकमा पत्रकार सम्मेलन

स्वतन्त्र उम्मेदवारी घोषणा अभियानले आगामी स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिन आग्रह गरेको छ । बिहीबार सडकमा पत्रकार सम्मेलन गर्दै अभियन्ताहरुले हालका राजनीतिक दल र तिनका नेताहरुले मुलुकलाई दिशानिर्देश गर्न नसकेको भन्दै राजनीतिक दलविरुद्ध सडकमा पत्रकार सम्मेलन गरेर अभियान थाल्नुपरेको जिकिर गरे ।

कार्यक्रममा अभियान्ता वीरेन्द्र झापालीले देशमा १७७ पार्टीको आवश्यक्ता नभएको बताए । ‘यो देशमा ३ वटा पार्टी भए पुग्छ । एउटाले सत्ता चलाउँछ अर्को प्रतिपक्ष हुन्छ’, उनले भने ‘तेस्रो शक्तिले १७७ वटा पार्टीलाई एक ठाउमा ल्याउने प्रयास गर्छ ।’ पत्रकार सम्मेलनमा अधिवक्ता समेत रहेका सुरेन्द्र भण्डारीले हालका राजनीतिक दल र नेताहरुले मुलुकलाई दिशा निर्देश गर्न नसकेको आरोप लगाए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com