२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ दिल्ली पुगे

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ दिल्ली पुगेका छन् । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए ।

प्रधानमन्त्री देउवालाई स्वागत गर्न नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा तथा भारतका लागि नवनियुक्त राजदूत डा।शंकर शर्मा पनि विमानस्थल पुगेका थिए । प्रधानमन्त्री देउवा नयाँ दिल्लीमा चाणक्यपुरीस्थित होटल आईटीसी मौर्यमा बस्नेछन् । होटलमै अहिले साढे चार बजे भारतीय विदेशमन्त्री एस जयशंकरले देउवालाई शिष्टाचार भेट गर्दैछन् ।

विदेशमन्त्री एस जयशंकरसँगको बैठकपछि देउवाले भारतीय जनता पार्टीको केन्द्रीय कार्यलयको भ्रमण गर्ने तय भएको छ । त्यसपछि उनी बारखम्बा रोडस्थित नेपाली दूतावासले आयोजना गरेको रिसेप्सनमा सहभागी हुनेछन्, त्यहाँ उनले नेपाली समुदायका प्रतिनिधिसँग पनि भेट्नेछन् ।

शनिबार विहान महात्मा गान्धीको समाधिस्थलमा माल्यार्पण गर्ने कार्यक्रम छ । भोलि नै प्रधानमन्त्री देउवा र उनको प्रतिनिधिमण्डलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितको प्रतिनिधिमण्डलसँग छलफल गर्नेछ । यसबाहेक देउवा र मोदीबीच एक्लाएक्लै भेट्ने पनि तय भएको छ ।

देउवासँग परराष्ट्रमन्त्री नारायण खड्का, उर्जा मन्त्री पम्फा भुषााल, कृषिमन्त्री महेन्द्र राय यादव लगायत सहभागी छन् ।

देउवा वाराणसी हुँदै आइतबार नेपाल फर्कने कार्यक्रम छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com