२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

दक्षिण अफ्रिकाको एक बारमा गोली हानाहान हुँदा १२ को घटनास्थलमै मृत्यु

काठमाडौं । दक्षिण अफ्रिकाको सोवेटो टाउनशीपको जोहानेसवर्ग नजिकैको एक बारमा बन्दुकधारीबीच गोली हानाहान भएको छ । यस गोलीबारीमा १४ जनाको मृत्यु भएको खबर बाहिर आएको छ ।

गएराति करिब १२ः३० बजे गोली हानाहान भएको त्यहाँका प्रहरी नायब उपरीक्षक इलियास मावेलाले जानकारी दिए ।

१२ जनाको घटनास्थलमै मृत्यु

घटनास्थल पुग्दासम्म १२ जनाको मृत्यु भइसकेको प्रहरी नायव उपरीक्षकले बताए । अन्य ११ जना घाइतेलाई अस्पताल लगिएको मावेलाले बताएका छन् । उपचारका क्रममा थप दुई जनाको पछि मृत्यु भएपछि मृतकको संख्या १४ पुगेको हो ।

गोली हानाहानपछि घटनास्थलबाट भागेका थिए बन्दुकधारी

जानकारीका अनुसार आक्रमण भएको बार वाटोको ओर्लान्डो जिल्लामा रहेको छ । यो जोहानेसबर्गको सबैभन्दा ठूलो बस्ती हो ।

आक्रमणकारी मध्यरातमा बारमा प्रवेश गरेर अन्धाधुन्ध गोली चलाउन थालेका थिए । गोली चलाएर आक्रमणकारी घटनास्थलबाट भागेका बताइएको छ । आक्रमणमा घाइते भएका ९ जनाको उपचार भइरहेको छ । आक्रमणकारीको तीब्र खोजी भइरहेको प्रहरीले जनाएको छ । (एजेन्सीको सहयोगमा)

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com