२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

आईपीएल : पहिलो जितको खोजीमा मुम्बई

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (शनिबार) दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ ।

मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बाट सुरु हुनेछ । आजको खलमा मुम्बई पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा मुम्बई दिल्ली क्यापिटल्ससँग ४ विकेटले पराजित भएको थियो । त्यसैले आजको खेलमा मुम्बई सहज जित निकाल्ने योजनामा छ ।

यता राजस्थान लगातार दोस्रो जितको खोजीमा छ । राजस्थानले पहिलो खेलमा सनराइजर्स हैदरावादलाई ६१ रनले हराएको थियो । आज नै हुने अर्को खेलमा गुजरात टाइटान्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गर्दै छन् । पुनेमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ ।

आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् । गुजरातले पहिलो खेलमा लखनउ सुपर जाइन्ट्सलाई हराएको थियो । यता दिल्लीले पहिलो खेलमा मुम्बईलाई हराएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com