२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज : अपराजित रहँदै नेपाल फाइनलमा

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको छ । सिरिजको अन्तिम लिग खेलमा नेपालले मलेसियालाई ८५ रनले पराजित गर्दै नेपाल फाइनल पुगेको हो ।

त्रिवि क्रिकेट मैदानमा २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १९ ओभरमा ५ बलमा १ सय ३८ रनमा अलआउट भयो । मलेसियाका भीरनदीप सिंहले सर्वाधिक ४७ रन बनाए । नेपालका सन्दीप लामिछानेले ३ विकेट हात पारे ।

कमलसिंह ऐरी र दिपेन्द्र सिंह ऐरीले समान २÷२ विकेट लिए । कुशल भुर्तेलले आआफ्नो टी–ट्वान्टी अन्तर्राष्ट्रीय करियरमा पहिलो बलको पहिलो विकेट लिन सफल भए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले मा ५ विकेट गुमाएर २ सय २३ रन बनायो ।

दीपेन्द्रको आक्रामक शतकीय इनिङ खेलेपछि नेपालले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको तेस्रो ठूलो स्कोर बनाएको थियो । दीपेन्द्रले अविजित रहदै १ सय १० रनको इनिङ खेले । उनले ५७ बलमा १० चौका र ६ छक्का प्रहार गरे ।
टी–ट्वान्टी अन्तराष्ट्रियमा पहिलो शतक पुरा गरेका दिपेन्द्रको यो स्कोर नेपाली खेलाडीको एक इनिङको व्यक्तिगत धेरै रन हो । यस्तै दीपेन्द्र टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक पूरा गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् ।

सिरिजमा नेपालले ४ खेलमा ४ जित निकाल्दै तालिकाको शीर्षस्थानबाट फाइनल पुगेको छ । अब नेपालले फाइनल खेल पपुवा न्यूगिनी (पीएनजी) सँग सोमबार खेल्दैछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com