२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Janasewa News

युनाइटेड बराबरीमा रोकियो

एजेन्सी । प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा युनाइटेडले लेस्टर सिटीसँग १–१ गोलको बराबरी खेलेको हो । युनाइटेडको घरेलु मैदानमा भएको खेलमा लेस्टरले सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफ गोल रहित बराबरी खेलेका दुबै टोलीले दोस्रो हाफमा गोल गरे ।

खेलको ६३औं मिनेटमा लेस्टरका लागि केलेचि इहेन्चोले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । तर, उक्त अग्रता लामो समय टिक्न सकेन । फ्रेडले युनाइटेडका लागि ६६औं मिनेटमा गोल गर्दै टिमलाई हारबाट जोगाए । बराबरीसँगै युनाइटेडले शीर्ष पाँचमा उक्लने मौका गुमाएको छ ।

लिगमा ३० खेल खेलेको युनाइटेड ५१ अंक सहित तालिकाको छैटौं स्थानमा छ । यता २८ खेल खेलेको लेस्टर ३७ अंक जोडेर तालिकाको नवौं स्थानमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com