२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

न्युक्यासलमाथि टोटेनहमको सानदार जित

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परले सानदार जित निकालेको छ । गएराति भएको खेलमा टोटेनहमले न्युक्यासलमाथि ५-१ को सानदार जित निकालेको हो ।

घरेलु टोलीलाई सानदार जिति दिलाउको लागि बेन डेभिस, म्याट दोहर्थी, ह्युङ मिन सन, इमर्सन रोयल र स्टेभन वर्गवाइनले गोल गरे । न्यूक्यासलका फावियनको गोल सान्त्वना बन्यो ।

खेलको ३९औं मिनेटमा फावियनको गोल गर्दै न्युक्यासललाई अग्रता दिलाएका थिए । ४३औं मिनेटमा बेन डेभिसले ह्युङ मिन सनको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ४८औं मिनेटमा म्याट दोहर्थीले ह्यारी केनको पासमा गोल गर्दै टोटेनहमलाई २-१ को अग्रता दिलाए ।

५४औं मिनेटमा ह्युङ मिन सनले डिजान कुलुसेभ्स्कीको पासमा गोल गरेपछि टोटेनहमलाई ३-१ को अग्रता दिलाए । त्यसपछि इमर्सन रोयलले ६३औं मिनेटमा तथा ८३औं मिनेटमा स्टेभन वर्गवाइनले गोल गर्दै टोटेनहमको फराकिलो जित दिलाए ।

यो जितसँगै टोटेनहम ३० खेलबाट ५४ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । समान ५४ अंक नै रहेपनि दुई खेल कम खेलेको आर्सनल पाँचौमा रहेको छ । पराजित न्यूक्यासल ३१ ऋंक जोडेर १५औं स्थानमा रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com