२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

प्रधानमन्त्री देउवाले नेपाली क्रिकेट टीमलाई दिए बधाई

जनसेवा न्युज संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टीमलाई बधाई दिएका छन् । नेपालले त्रिकोणात्मक ट्वान्टी-२० शृंखला जितेपछि प्रधानमन्त्री देउवाले नेपाली क्रिकेट टीमलाई बधाई दिएका हुन् ।

नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत बधाई दिँदै लेखेका छन्, ‘अपराजित रहँदै पपुवा न्युगिनी तथा मलेसियाविरुद्धको त्रिकोणात्मक टि-२० सिरिज जित्न सफल भएकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई ।’ सन्दीप लामिछानेको कप्तानीमा नेपालको यो पहिलो उपाधि हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com