२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

शिक्षामा चाहेको काम गर्न बजेटका कमी हुने छैन : शिक्षामन्त्री पौडेल

नसेवा न्युज संवाददाता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा चाहेको काम गर्न बजेटका कमी नहुने बताएका छन् । मंगलबार सार्वजनिक विद्यालयको सुधारको लागि शिक्षा नीति तथा कार्यक्रम विषयक अन्तरक्रियामा उपत्यकाका शिक्षा, विकास तथा समन्वय इकाइका प्रमुख, स्थानीय तहका शिक्षा शाखा प्रमुख र प्रधानाध्यापकहरूसँग यस्तो बताएका हुन् ।

उनले शिक्षा सुधार गर्ने पदीय जिम्मेवारी आफूहरुको भएको बताउँदै सामुदायिक विद्यालय सर्धान सामूहिक संकल्पको आवश्यक रहेको बताए । “राज्यको जोड र ध्यान सार्वजनिक विद्यालय सुर्धानेतिर रहेको छ”, मन्त्री पौडेलले भने, “ शिक्षामा सुधारका लागि सरोकारवाला पक्षहरुले पनि प्रयासरत रहनुपर्छ ।”

भुकम्प प्राधिकरण एवम् राष्ट्रपति शैक्षिक सुधारबाट विद्यालयको भौतिक पूर्वाधार बनिरहेको बताउँदै शिक्षालाई गुणस्तर बनाउनु मुख्य कुरा रहेको सुनाए । उनले शिक्षक र कर्मचारीको सेवा सुविधाको व्यवस्था एउटै किसिमको बनाउने गरी लागिपरिरहेको बताउँदै शिक्षकले कतव्र्य भूल्न नहुनेमा जोड दिए ।

तत्काल भएकै शिक्षकबाट शिक्षा प्रणाली चल्ने बताउँदै उनीहरुको क्षमता अभिवृद्धिका लागि मन्त्रालयले तालिम गोष्ठीको आयोजना गर्ने बताए । अन्तरक्रियामा सहभागीहरुले संघीय शिक्षा ऐन नआएको, एक विद्यालय एक नर्सः विद्यार्थी संख्याको आधारमा एक नर्सबाट गाह्रो भएकोले विद्यार्थी संख्याका आधारमा हुनु पर्ने, दरबन्दी मिलानको नाममा पालिकालाई तरबार तेस्राएको लगायतका विषय राखेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com